च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने वा नजाने बारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
शुक्रबार, १४ मङ्सिर २०८१, २० : ०४
नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयले च्याम्पियन्स ट्रफीमा सहभागी हुन भारतीय क्रिकेट टोली पाकिस्तान जाने सम्भावना नरहेको बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाललाई पत्रकार सम्मेलनमा सोधिएको थियो– भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा टोली पठाउने हो ?
यसबारे रणधीर जैसवालले भने, ‘बीसीसीआईले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। जसमा उनीहरूले त्यहाँ (पाकिस्तानमा) सुरक्षाको चिन्ता रहेको बताएका छन्। त्यसैले टोली त्यहाँ जान्छ जस्तो लाग्दैन।’
च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा आयोजना हुँदैछ। धेरै मिडिया रिपोर्टमा बीसीसीआईले आईसीसीलाई भारतीय टोली पाकिस्तान नजाने लिखित जानकारी दिएको भनिएको छ । भारतीय टोलीले सन् २००८ यता पाकिस्तानी भूमिमा कुनै खेल खेलेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण