शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने वा नजाने बारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?

शुक्रबार, १४ मङ्सिर २०८१, २० : ०४
शुक्रबार, १४ मङ्सिर २०८१

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयले च्याम्पियन्स ट्रफीमा सहभागी हुन भारतीय क्रिकेट टोली पाकिस्तान जाने सम्भावना नरहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाललाई पत्रकार सम्मेलनमा सोधिएको थियो– भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा टोली पठाउने हो ?

यसबारे रणधीर जैसवालले भने, ‘बीसीसीआईले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। जसमा उनीहरूले त्यहाँ (पाकिस्तानमा) सुरक्षाको चिन्ता रहेको बताएका छन्। त्यसैले टोली त्यहाँ जान्छ जस्तो लाग्दैन।’

च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा आयोजना हुँदैछ। धेरै मिडिया रिपोर्टमा बीसीसीआईले आईसीसीलाई भारतीय टोली पाकिस्तान नजाने लिखित जानकारी दिएको भनिएको छ । भारतीय टोलीले सन् २००८ यता पाकिस्तानी भूमिमा कुनै खेल खेलेको छैन।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप