नारायण गोपालको स्मृतिमा तीन संगीतकर्मीलाई सम्मान गरिने
काठमाडौँ । स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस पारेर नारायण गोपाल संगीत कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘नारायण गोपाल स्मृति सम्मान–२०८१’ यो वर्ष पनि विभिन्न संगीतकर्मीहरुलाई प्रदान गरिँदैछ ।
कोषले आज एक विज्ञप्ति जारी गर्दै गीतकार शिवशंकर थापा, संगीतकार बुलु मुकारुङ तथा गायक कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिने जनाएको छ ।
यही मंसिर १९ गते बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिने एउटा विशेष कार्यक्रममा सम्मानका अलवा विभिन्न गायक गायिकाहरुले नारायण गोपालका कालजयी गीत–संगीत प्रस्तुत गरेर स्वरसम्राटलाई स्मरण समेत गर्नेछन् ।
विक्रम संवत १९९६ मा असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको निधन वि.सं.२०४७ मंसिर १९ गते भएको थियो । वि.सं. २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका स्वरसम्राट नारायण गोपालले दर्जनौँ कालजयी गीत गाएका छन् ।
उनका म त लालीगुँरास भएछु, ए कान्छा ठट्टैमा यो वैँश जान लाग्यो, एउटा मान्छेको मायाले जस्ता थुप्रै कालजयी गीतहरु आज पनि स्रोताको मन–मष्तिस्तमा बसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण