म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
काठमाडौं । म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिवलाले लिभरपुलसँगको भिडन्तअघि धैर्य राख्न भन्दै क्लब सञ्चालकहरुलाई थमथमाएका छन् । जागिरै धरापमा पर्ने गरी म्यान्सिटीको प्रदर्शन कमजोर भएपछि चौतर्फी दबाबमा परेका ग्वार्डिवलालाई सञ्चालक समेतले हैरान पार्न थालेका छन् ।
उनले खराब नतिजाका बाबजुद पनि उठने प्रयत्न गरिरहेको टिमलाई पुनर्जीवित गर्नका लागि मौका दिन आग्रह गरेका छन् । शुक्रबारमात्रै उनले भनेका छन्, ‘चुनौतीसँग भाग्दैनौं भनेका थिए ।
मंगलबार च्याम्पियन्स लिगमा फेयनुर्डसँग ३-३ को बराबरीमा रोकिएपछि ग्वार्डिवलाको प्रशिक्षणमाथि नै सञ्चालकहरुले प्रश्न उठाएका छन् ।
ग्वार्डिवलाको कोचिङ इतिहासमा सबैभन्दा लामो जीतरहित यात्रा लम्बिने वा छोटिने टुंगो भने आइतबार लाग्ने छ । जहाँ म्यान्चेस्टर सिटीले प्रिमियर लिग र च्याम्पियन्स लिगको लिडर लिभरपुलसँग खेल्दैछ ।
ग्वार्डिवलाले भनेका छन्, ‘म त्यो चुनौती माग्छु । जो केही गर्नका लागि अवसर हुन्छन् । हामीलाई के चाहिएको छ । हामी के गर्न चाहन्छौं भन्ने मलाई राम्ररी थाहा छ ।’
उनी म्यान्चेस्टर सिटी आएको आठ वर्षमा ६ पटक प्रिमियर लिग, च्याम्पियन्स लिग हात परेको छ । ग्वार्डिवलाले आफु क्लबका मूली अर्थात् चेयरम्यान अलदून अल मुबारकसँग नियमित सञ्चारमा रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण