रोनाल्डोको दुई गोलमा अल नासरको दाबेदारी कायमै
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले दामाकलाई हराउँदै अल नासरले साउदी प्रो–लिगमा आफ्नो दाबेदारी कायम राखेको छ । शुक्रबार राति भएको खेलमा टोली २–० गोलले विजयी बनेको हो ।
सन् २०२२ मा रियाद आएयता पोर्चुगिज सुपरस्टारले अझै मुख्य उपाधि जित्न बाँकी रहेको छ । शुक्रबार दामाकविरुद्ध उनले दुवै हाफमा एक–एक गोल गरे ।
खेलको १७ औँ मिनेटमा उनले पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ५६ औँ मिनेटमा अब्देलकादेर बेडरानेले रातो कार्ड पाएपछि दामाक १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै रोनाल्डोले ७९ औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जीतपछि १२ खेलबाट २५ अङ्क बटुल्दै टोली लिगको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अल इतिहादभन्दा टोली ५ अङ्कले पछि छ । दोस्रो स्थानमा रहेको अल–हिलालको २८ अङ्क छ ।
लिगमा यो सिजन उनको गोल सङ्ख्या ९ पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको सूचीमा अल इतिहादका करिम बेन्जेमालाई उछिनेका छन् । शीर्ष स्थानमा रहेका अल हिलालका अलेक्सान्डर मित्रोविचभन्दा उनी ३ गोलले पछि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण