मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको हो ।
गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुसार चालु आवदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिइने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए ।
उनका अनुसार जमिन भाडामा लिई खेती गर्ने कृषकलाई गाउँपालिकाले भाडा बापतको रकम अनुदान दिनेछ । ‘‘आन्तरिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बनाइसकेका छौँ”, गाउँपालिका अध्यक्ष स्याङ्तानले भने,‘‘ सोही कार्यविधि बमोजिम जग्गा भाडामा लिई खेती गर्ने कृषक, कृषक समूह, सहकारी समिति, कृषि फर्महरूलाई भाडा बापतको रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।”
जग्गा भाडामा लिए बापत गाउँपालिकाले प्रति रोपनी रु. दुई हजारका दरले अनुदान उपलब्ध गराउने कार्यविधिमा तय गरिएको अध्यक्ष स्याङ्तानको भनाई छ । विपन्न, सीमान्तकृत, दलित, जनजाति तथा बेरोजगारको सूचीमा रहेकालाई विशेष प्राथमिकता दिएर अघि बढाएको उक्त कार्यक्रम अन्तर्गत कृषकलाई भाडा बापतको रकम उपलब्ध गराउन पालिकाले चालु आव २०८१/८२ मा रु. छ लाख बजेट विनियोजन गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण