कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको मौन अबधिमा सम्मेलन र भेला गरि नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ग्रामथान गाउँपालिका वडा नम्बर–६ मा मौन अवधिको समयमा शनिबार बिहान कांग्रेसले भेला र सम्मेलन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । ग्रामथानमा भएको भेलामा नेपाली कांग्रेस नेता गुरुराज घिमिरे सहभागी भएका थिए ।
निर्वाचनको अघिल्लो दिन मान्छे भेला पारेर सम्मेलन गरेको रास्वपाको आरोप छ । भेलामा कांग्रेस नेताहरु भेला भएको स्थानको भिडियो खिचेपछि कांग्रेसका कार्यकर्ताले रास्वपा कार्यकर्तालाई हातपातसमेत गरेका थिए । रास्वपाबाट आध्यक्षका उम्मेदवार नविन विश्वासले मौन अवधिको समयमा आफ्नो घर नजिकै कांग्रेसले भेला गरेपछि उजुरी गरेको बताए ।
भेलाको भिडियो खिच्न खोज्दा आफ्नो पार्टीका सदस्यमाथि हातपात भएको उनको भनाइ छ । निर्वाचन आचारसंहिता लागेका बेला २०–२५ जना भेला भएर गतिबिधि गर्नु आचारसंहिता विपरित हो भन्दा रास्वपाका सदस्यमाथि हातपात भएको विश्वासले बताएका छन् । घटनापछि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको उनले बताए । रास्वपा कार्यकर्ताले भेलाको समयमा कांग्रेसले पैसा पनि बाँडेको आरोप लगाएका छन् ।
कांग्रेस नेता घिमिरेले भने कुनै भेला र सम्मेलन नगरेको दावी गर्दै पार्टीको सम्पर्क कार्यालयमा बसिरहेको अवस्थामा २–३ जनाले भिडियो खिचेर लगेको जिकिर गरे । गत वर्ष नै भएको वडा सम्मेलनको व्यानर कार्यालयमा रहेको भन्दै घिमिरेले उम्मेदवारको कुनै प्रचारप्रसार झल्किने ब्यानर नरहेको र त्यस्तो कार्यक्रम पनि नगरेको बताए । ग्रामथापनको निर्वाचन अधिकृतको कार्यालयले रास्वपाको उजुरीपछि त्यसमाथि अनुसन्धान र कार्वाही सुरु गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण