स्थानीय तह उपनिर्वाचन
उपनिर्वाचनमा तीन उम्मेदवार निर्विरोध निर्वाचित
आइतबार, १६ मङ्सिर २०८१, ०८ : १३
काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन भइरहँदा यसअघि नै तीन स्थानका उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलाली जिल्ला जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।
साथै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
बाँकी ४१ स्थानमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण