सुदूरपश्चिममा पाँच पदका लागि उत्साहजनक मतदान जारी
धनगढी । सुदूरपश्चिममा रिक्त रहेको पदको लागि मतदान जारी भएको छ । उपनिर्वाचनअन्तर्गत यहाँको पाँच पदका लागि मतदान भइरहेको हो । प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार बिहान ७ बजेदेखि नै पाँच वटै स्थानमा उत्साहजनक रूपमा मतदान जारी छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । जहाँ १०० बढी मत खसिसकेको मतदान अधिकृत भट्टले जानकारी दिए ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा पनि मतदान जारी रहेको भट्टले जानकारी दिए । त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।
कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका ६ को वडाध्यक्ष पदको उपनिर्वाचनमा बिहान ७ बजेबाट सुरू भएको मतदानमा ८ बजेसम्म २४५ जनाले मतदान गरेका छन् । वडामा जम्मा ५४०० मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण