दूतावास नभएको देशमा एनआरएनएले सरकारी दूतको रुपमा काम गरेको छ : बद्री केसी
जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रुपमा नेपालीहरुलाई सहयोग पुर्याइरहेको बताएका छन् ।
जापानको राजधानी टोकियोमा आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले हाल ८७ देशमा संगठित एनआरएनएले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा एनआरएनएले काम गरिरहेको बताए ।
केसीले गैरआवासीय नेपाली नागरिकताको प्राप्तिसँगै अब नेपालमा सानादेखि ठूला लगानी गर्न पनि निर्देशिका बनिसकेको जिकिर गरे । विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन थप कानुन बनिरहेको जानकारी गराउँदै उनले विदेशमा बस्ने नेपालीले रेमिट्यान्स मात्रै होइन अब लगानी पनि भित्र्याउन सक्ने उल्लेख गरे ।
सोही कार्यक्रममा सहभागी हुन एनआरएनए उपाध्यक्ष रोजिना राई र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना पनि जापानमा छन् ।
‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल आयोजना गरिएको हो ।
नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरिएको एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण