स्थानीय तह उपनिर्वाचन
हेटौँडा उपमहानगर–१२ मा ४२ प्रतिशत मतदान
आइतबार, १६ मङ्सिर २०८१, १२ : ५१
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेटमा सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ ।
२ मतदान स्थलको ९ मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । मध्यान्ह १२ बजेसम्म उक्त वडामा ४२ प्रतिशत मतदान भएको छ । सो अवधिमा कुल मतदाता ८ हजार ५३ मतदाता मध्ये ३ हजार ३०६ मत खसेको छ ।
विष्णुज्योती आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ४ मतदान केन्द्रमा १ हजार ४०९ मत खसेको छ भने प्रतिभा माध्यमिक विद्यालय १ हजार ९०३ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण