ट्रम्प र ट्रुडोबिच भेटवार्ता, के-के भयो कुराकानी ?
फ्लोरिडा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको भेट निकै राम्रो भएको बताएका छन् । फ्लोरिडास्थित ट्रम्पको निवासमा दुई देशका नेताबिच भेटवार्ता भएको हो ।
‘हामीले व्यापार र अवैध आप्रवासन लगायत धेरै महत्त्वपूर्ण मुद्दाहरूको बारेमा कुरा गर्यौँ,’ ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन्। यसअघि शनिबार ट्रुडोले मिडियालाई आफू र ट्रम्पबिच ‘उत्कृष्ट’ कुराकानी भएको बताएका थिए। यद्यपि, ट्रुडोले कुनै पनि प्रश्नको जवाफ दिन भने अस्वीकार गरे।
क्यानाडाली प्रधानमन्त्रीले पछि इन्स्टाग्राममा पोस्ट गरे, ‘राष्ट्रपति ट्रम्प,रात्रिभोजका लागि धन्यवाद। हामीले फेरि सँगै गर्न सक्ने कामको लागि म तत्पर छु।’ ट्रम्प र ट्रुडोबिचको यो भेट यस्तो समयमा भएको हो, जब ट्रम्पले केही दिनअघि क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यस साताको सुरुमा दुवै नेताबिच फोनमा पनि कुराकानी भएको थियो ।
फ्लोरिडाको यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा समावेश गरिएको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण