‘शाम्बाला’ले अस्ट्रेलियामा जित्यो ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’
आइतबार, १६ मङ्सिर २०८१, १२ : ५९
काठमाडौँ । फिल्म ‘शाम्बाला’ले ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ । फिल्मले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्त्वपूर्ण विधा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको हो ।
फिल्मले संस्कृति संरक्षणमा योगदान दिएको भन्दै फिल्मलाई यो सम्मान दिइएको हो । माथिल्लो डोल्पाको संस्कृति र जनजीवनको कथामा बनेको फिल्म नेपालबाट अस्करमा अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको छ ।
मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ केही अगाडि स्वदेशमा प्रदर्शन भएको थियो । फिल्मले राम्रो व्यवसाय गर्न नसके पनि चर्चा भने पाएको पाएको थियो ।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्य लगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण