एचआईभी एड्स दिवसमा महानगरको नेतृत्वमा प्रभातफेरी
विराटनगर । ३७ औँ एचआईभी एड्स दिवसको अवसरमा विराटनगर महानगरपालिकाको नेतृत्वमा आइतबार प्रभातफेरी निकालिएको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर नागेश कोइरालाले एचआइभी एड्सको जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए । महानगरले एचआइभी एड्सजस्ता घातक रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेर काम गरिरहेको उनले सुनाए ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक ज्ञानबहादुर बस्नेत, महानगरका स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, एएचएफ नेपालका केशव बजगाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए । महानगरको नेतृत्वमा भएको प्रभातफेरीमा परिवर्तनशील समाज, एएमडीए नेपाल, रिकोभरिङ नेपाल, स्पर्श नेपाल, रिचमण्ड फेलोसिप मोरङलगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति