हुम्लाको सर्केगाडमा ६६.४१ प्रतिशत मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, १८ : ३०
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको मतदानमा ६६.४१ प्रतिशत अर्थात् ४ हजार ५२४ मत खसेको छ । यहाँ ६ हजार ८१० मतदाता संख्या रहेको थियो । मतदानमा २ हजार ३२९ पुरुष र २ हजार १९५ महिला सहभागी भएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
उपाध्यक्ष पदका लागि ७ जना मैदानमा छन् । यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना उम्मेदवार छन् ।
तिमिल्सिनालाई एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको साथ छ । यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण