सानीभेरीमा झण्डै ८० प्रतिशत मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, १८ : ५०

सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि भएको मतदानमा १ हजार १४६ अर्थात् ७९ प्रतिशत मत खसेको छ ।
यहाँ कुल मतदाता संख्या १ हजार ४३४ रहेको थियो । मतदानमा ६०६ महिला र ५४० जना पुरुष सहभागी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यहाँ वडाध्यक्ष पदका लागि माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी उम्मेदवार छन् । यहाँ एक स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।
समाजवादीले माओवादीलाई समर्थन गर्ने भएपछि माओवादी–कांग्रेसबिच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन कार्यालयका अनुसार आज रातिदेखिनै मतगणना सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी