सानीभेरीमा झण्डै ८० प्रतिशत मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, १८ : ५०
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि भएको मतदानमा १ हजार १४६ अर्थात् ७९ प्रतिशत मत खसेको छ ।
यहाँ कुल मतदाता संख्या १ हजार ४३४ रहेको थियो । मतदानमा ६०६ महिला र ५४० जना पुरुष सहभागी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यहाँ वडाध्यक्ष पदका लागि माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी उम्मेदवार छन् । यहाँ एक स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।
समाजवादीले माओवादीलाई समर्थन गर्ने भएपछि माओवादी–कांग्रेसबिच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन कार्यालयका अनुसार आज रातिदेखिनै मतगणना सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण