जाजरकोटका दुई स्थानीय तहमा ६५.३४ प्रतिशत मत खस्यो

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि भएको मतदानमा ६५.३४ प्रतिशत अर्थात् ११ हजार ५६३ मत खसेको छ ।
दुई ठाउँको कुल मतदाता संख्या १७ हजार ७५१ रहेको थियो । ३४.६६ प्रतिशत अर्थात् ६ हजार १८८ जना मतदानमा सहभागी भएनन् ।
नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।
यस्तै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
एमालेबाट डम्बरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्री प्रतिस्पर्धामा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित