पुथा उत्तरगंगा गाउँपालिका उपनिर्वाचन : मतपेटिका पालिकाको केन्द्रसम्म पुर्याउन ६ घण्टा पैदल, तीन घण्टा गाडीको यात्रा
रुकुमपूर्व । भौगोलिक विकटताले ठगिएको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिकाको विभिन्न वडामा अझै सडक पुग्न सकेको छैन । वडा नम्बर-२ पेल्मादेखि नागरिकलाई पालिकाको केन्द्रसम्म पुग्न ६ घण्टा पैदल र वडा नम्बर-५ हुकामदेखि करिब तीन घण्टा गाडीको यात्रा गर्नुपर्छ।
आइतबार बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सकिएको हो । निर्वाचन कार्यालय रुकुमपूर्वका सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार ५ हजार नौ सय ३१ मत खसेको छ ।
यता वडा नम्बर २ पेल्मादेखि तीन वटै निकायकाे सुरक्षाकर्मीको निगरानीमा साँझ ६ बजे मतपेटिका लिएर पैदल हिँडेको सुवेदीले जानकारी दिए । राति ३ बजेसम्म सकेसम्म सबै मतपेटिका पालिकाको केन्द्र तकमा पुग्ने र सबै मतपेटिका पुगे पश्चात् भोलि बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र सोमबार बिहान १० बजेदेखि मत गणना हुने जानकारी दिए ।
गत भाद्र २८ गते काठमाडौँदेखि रुकुमपूर्व फर्किँदै गर्दा बाग्लुङकाे भङखानीमा रा १ झ २०० नम्बर प्लेटकाे सरकारी गाडी पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडाध्यक्ष जसबहादुर शेर्पालीसहित उपाध्यक्षकी आमा गाेपिमाया बुढाकाे निधन भएको थियो ।
सोही गाउँपालिकाको रिक्त दुई पदमा उपनिर्वाचन हुँदा वडा नम्बर २ मा नेकपा एमालेले उम्मेदवारी फिर्ता लिए पछि नेकपा माओवादी केन्द्रका उम्मेदवारी जगत घर्ती काजु निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा कांग्रेस-एमालेको गठबन्धनबाट केशकुमारी तुलाचन र माओवादी केन्द्रकी नरपुरा बुढा पुनबिच प्रतिस्पर्धा भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण