उपनिर्वाचन
रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका पुन विजयी
आइतबार, १६ मङ्सिर २०८१, २१ : १७
बुटवल । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत ल्याएर विजयी भएका हुन् ।
नेकपा एमालेका वेगम पुनले ५३५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै नेकपा माओवादीका नरेशजंग सिंहले ७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पहल बहादुर वलीले १० मत प्राप्त गरेका छन् ।
जम्मा १९०० मतमध्ये १२९७ खसेकोमा २१ मत बदर भएको हो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार भुपमनी पुन १०८ मतान्तरले विजय भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण