कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार विजयी
आइतबार, १६ मङ्सिर २०८१, २३ : १९
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४९३ मतसहित जित हात पारेका हुन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत ल्याउँदै दोस्रो स्थानमा रहे । नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले २७७ मत ल्याए । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २० मत पाए भने राप्रपाका नारायण प्रसाद निरौलाले २९ मत पाए ।
जनमत पार्टीका शुकलाल राजवंशीले ९ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण