तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि
काठमाडौँ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना र बालकुमारी रिमिक्स क्लबको सह–आयोजनामा ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ ।
चार दिनसम्म चल्ने उक्त प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), यू–१७ ब्वाइज, यू–१७ गर्ल्स र मास्टर युगल (४५ वर्षभन्दा माथि) गरी ६ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीले खेलका आधारमा वरीयता अङ्क प्राप्त गर्नेछन् । सह–आयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा हुने प्रतियोगिताको मुख्य प्रायोजकमा ललितपुर महानगरपालिका रहेको छ ।
३१ लाख रुपैयाँको अनुमानित लागत रहेको उक्त प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगलतर्फका विजयी खेलाडी ४० हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।
यू–१७ स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । मास्टर स्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा दुई सय २० जना खेलाडीको सहभागिता रहने जानकारी म्याच कन्ट्रोलर सुमित शाक्यले दिए । प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियललाई बिहानको खाजा र खानाको व्यवस्थापन आयोजकले नै गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण