नयाँ वर्षको सुरुमा भारत आउँदै पुटिन
सोमबार, १७ मङ्सिर २०८१, १५ : ५५

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउने भएका छन् । नयाँ वर्षको सुरुमा उनले भारतको भ्रमण गर्नेछन् ।
तर अहिलेसम्म उनी आउने मिति तय भने भइसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो पठाएपछि पुटिन भारत आउन लागेको भन्दै रुसले बताएको हो ।
रुस र युक्रेनबिच युद्ध सुरु भएयता यो पुटिनको पहिलो भारत भ्रमण हुनेछ । त्यसैले पनि पुटिनको यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । यो वर्ष मोदी दुई पटक रुस गइसकेका छन् । यसअघि उनी जुलाईमा पुटिनलाई भेट्न गएका थिए भने कजानमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुन पनि त्यता गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन