रामजानकी विवाहपञ्चमी : सकियो फूलबारी लीला
जनकपुर । श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार फूलबारी लीला सकिएको छ । महोत्सवको दोस्रो दिन फूलबारी लीला गर्ने परम्परा अनुसार नै सोमबार उक्त लीला सम्पन्न भएको हो ।
त्रेतायुगमा मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार जनकपुरधाममा आयोजना गरिएको धनुष यज्ञमा सहभागी हुन अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीराम, लक्ष्मणसहित गुरु विश्वामित्र जनकपुरधाम आएका बेला माता सीतासँग फूल टिपिरहेका बेलामा फूलबारीमा जम्काभेट भएको स्मरणमा प्रत्येक वर्ष फूलबारी लीलाको आयोजना गरिँदै आइएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।
जनकपुरधामको ऐतिहासिक महत्वको विवाह मण्डपमा सोमबार साँझ फूलबारी लीलाको आयोजना गरिएको थियो । ‘यहाँ राम, लक्ष्मण र सीताको प्रतिकात्मक रूपमा त्रेतायुगमा बगैंचामा फूल टिप्न आएका बेला भेट भएको धार्मिक विश्वास छ । त्रेता युगलाई स्मरणीय बनाउन यसप्रकारको कार्यक्रम गरिएको हो’, महन्थ वैष्णवले भने ।
साताव्यापी विवाह पञ्चमी महोत्सवको आइतबार मङ्सिर १६ गते नगर दर्शन, सोमबार दोस्रो दिन फूलबारी लीला, मंगलबार धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण