शपथ
बालेनले गराए काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ (तस्बिरहरु)
मङ्गलबार, १८ मङ्सिर २०८१, १४ : ५२
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् ।
मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै श्रेष्ठ विजयी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि...
-
लस एञ्जलसको डढेलोका कारण पछि सर्यो ओस्करको मनोनयन
-
आर्थिक क्षेत्रका कानुन सुधारको प्रयास सकारात्मक : चेम्बर अफ कमर्स
-
सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
-
फ्राइडे कन्फ्युजनले सम्झाएको अतीत
-
स्वास्थ्य बिमा ऐन संशोधन : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने व्यवस्था गरिँदै