‘माइतीघर’मा उपासनाको इन्ट्री
मङ्गलबार, १८ मङ्सिर २०८१, १६ : १५
काठमाडौँ । फिल्म ‘माइतीघर’को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी छानिएकी छन् । निर्माता रोहित अधिकारीले फिल्मको मुख्य भूमिकामा उनी छनौट भएको जानकारी दिए ।
फिल्ममा यसअघि केदार घिमिरे (माग्नेबुढा) अनुबन्धित भएका थिए । फिल्म सामाजिक पारिवारिक कथामा निर्माण हुन लागेको हो ।
फिल्मका लागि अन्य दुई अभिनेता र एक जना अभिनेत्री छनोटको चरणमा छन् । रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मलाई मिलन तामाङले निर्देशन गर्न लागेका हुन् ।
रामशरण पाठकको लेखक रहेको फिल्म निर्माणमा रोहितलाई रविन शेरचन र धिरज तामाङले सधाउनेछन् ।
फिल्मको कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ हुन् । चैतबाट फ्लोरमा जाने फिल्म आगामी दसैँमा प्रदर्शनमा आउने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण