तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
काठमाडौँ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना र बालकुमारी रिमिक्स क्लबको सह–आयोजनामा ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण मंगलबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहनबहादुर शाहीले एक कार्यक्रमबिच संयुक्त रूपमा पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे । ललितपुर महानगरपालिका प्रतियोगिताको मुख्य प्रायोजन पनि हो ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल ब्याडमिन्टन संघका पूर्वअध्यक्ष प्रकाश बहादुर शाही, संघका महासचिव वीरेन्द्र श्रेष्ठ, सहमहासचिव नविनविक्रम शाहलगायतको उपस्थिति थियो ।
नेपाल ब्याडमिन्टन संघको वरीयताप्राप्त प्रतियोगिताको पहिलो दिन भएको पुरुष एकलतर्फको खेलमा भोजपुरका विशाल तामाङ र एपीएफ क्लबका भोजबहादुर गुरुङले विजयी सुरुवात गरे । तामाङले नेपाल पुलिस क्लबका हिराबहादुर राईलाई २१–१७, २१–५ र गुरुङले ललितपुरका सुविन श्रेष्ठ (ए) लाई २१–११, २१–११ को समान अन्तरले पराजित गरे ।
बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ कैलालीका शिशिर रानाले दार्चुलाका पप्पु पाललाई २१–१०, २१–१४ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले महोत्तरीका इशान झालाई २२–२०, २०–२२, २१–१३ अङ्कले पराजित गरे ।
यसैगरी, एपीएफका क्षितिज खनालले युनिटी ब्याडमिन्टन एकेडेमीका नरेन्द्र बमलाई २१–१५, २१–१८, सेनाका सौर्य महर्जनले गार्खाका मुकुल गुरुङलाई २१–१३, २१–१६, पुलिसका पूर्ण बहादुर थापाले काभ्रेका अंकित भोछिभ्वयलाई २१–१२, २१–९ र एपीएफका संक्षम ढकालले कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका प्रदीप सोतीलाई २१–१७, २१–१७ ले हराए ।
सेनाका सुविन श्रेष्ठले पदम युवा समाजका सफल राज पाण्डेबाट वाकओभर पाए । सेनाका लक्ष्मण राना मगरले सितापाखा ब्याडमिन्टन क्लबका जोन जसराजलाई २१–२३, २१–१८, २१–१५ र एपीएफका रोशन साउदले देवीनगर ब्याडमिन्टन क्लबका गौरव तन्डुकारलाई २१–९, २१–८ ले हराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण