चितवनमा सहकारी पीडित पनि प्रदर्शनमा
बुधबार, १९ मङ्सिर २०८१, १३ : २६
काठमाडौँ । सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा सहकारी पीडितहरूले पनि चितवनमा प्रदर्शन गरेका छन् ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले बचत रकम फिर्ता गर्नुपर्ने भन्दै चितवनमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँ फिर्ता गर्नुपर्नेमा राखेका छन् । त्यस्तै उनीहरूले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले आफूहरूको रकम फिर्ताका लागि आवाज उठाउँदा राजनीतिक दलको आबद्धताको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनीहरूले जीबी राईलाई पक्राउ गर, हाम्रो बचत रकम फिर्ता गरिदे सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यस्तै फरक ठाउँमा रविका समर्थकले पनि प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण