११ वटा हललाई कानुनी दायरामा ल्याउन चलचित्र बोर्डले काट्यो पत्र
बुधबार, १९ मङ्सिर २०८१, १५ : ४१
काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लङ्घन गर्ने ११ हललाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेको छ । यी हल लामो समयदेखि इजाजतपत्र नवीकरण नभईकन सञ्चालनमा रहेको, चलचित्र विकास शुल्क नतिरेको र कतिपयले प्रदर्शन इजाजत पनि नलिएको भन्दै बोर्डले पत्र काटेको हो ।
बोर्डले मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयहरूलाई पत्र पठएको बोर्डले जानकारी दिएको छ ।
यसअघि बोर्डले एक सूचना जारी गर्दै हलहरूलाई सचेत गराएका थियो । सूचना जारी भएपछि १२ हलले नवीकरण गराएका छन् । तर ११ हलले अटेर गरेको कारण पत्र काटिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण