प्रचण्डले बोलाए पदाधिकारी बैठक, क्रान्तिकारीको सम्मेलन स्थगित हुनसक्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार स्थानीय तह उपनिर्वाचन, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण, केन्द्रीय समिति बैठकको तयारी लगायत विषयमा छलफल हुनेछ । विभिन्न पदका लागि ४१ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादीले उत्साहपूर्णमत ल्याएको थियो ।
पालिकाको एक अध्यक्ष, एक उपप्रमुख पदसहित ११ स्थानमा जितेर दोस्रो दल बनेको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा बीआरआइलाई लिएर विभिन्न आशङ्का पैदा भएको थियो ।
यस्तै अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे बैठकले निर्णय गर्ने स्रोतले बताएको छ । असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलन उमेर हदको विवादका कारण स्थगित गरी मङ्सिर २३ र २४ मा सम्मेलन गर्ने निर्णय गरेको थियो । तर विद्यार्थीको नेतृत्व छनोटको विषयलाई पदाधिकारी तहमै प्रतिष्ठाको विषय बनेपछि सम्मेलन हुने नहुने अनिश्चित भएको छ । स्रोतका अनुसार पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्न सक्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण