नेताहरूको कार्यविभाजन गर्न माधवले बोलाए बैठक
बुधबार, १९ मङ्सिर २०८१, १७ : १४
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेताहरूको कार्य विभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएका छन् । अध्यक्ष नेपालले मङ्सिर २६ र २७ गते बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ । साथै अन्य पार्टीका आन्तरिक कामबारे समेत छलफल हुन्छ’, भट्टराईको भनाइ छ । गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले पाँच महिना बित्दा पनि नेताहरूको कार्य विभाजन गर्न सकेको छैन ।
कार्य विभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकिने पार्टी नेताहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म