नेताहरूको कार्यविभाजन गर्न माधवले बोलाए बैठक
बुधबार, १९ मङ्सिर २०८१, १७ : १४
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेताहरूको कार्य विभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएका छन् । अध्यक्ष नेपालले मङ्सिर २६ र २७ गते बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ । साथै अन्य पार्टीका आन्तरिक कामबारे समेत छलफल हुन्छ’, भट्टराईको भनाइ छ । गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले पाँच महिना बित्दा पनि नेताहरूको कार्य विभाजन गर्न सकेको छैन ।
कार्य विभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकिने पार्टी नेताहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण