नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाउनेबारे स्थायी समिति बैठकमा छलफल हुने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्षमा मनोनीत गर्ने विषय स्थायी समिति बैठकमा छलफल हुने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले पुनसहित लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने तयारी गरेको थियो । तर आजको बैठकमा स्थानीय तह उपनिर्वाचन समीक्षा र विद्यार्थी सङ्गठनको राष्ट्रिय सम्मेलनको विषयमा मात्र छलफल भएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘उपाध्यक्ष मनोनीत गर्नेबारे मङ्सिर २७ गते बस्ने स्थायी समिति बैठकमा छलफल हुन्छ । आजको बैठकमा स्थगित भएको विद्यार्थी सम्मेलनलाई प्रक्रियामा लैजाने, प्रतिनिधिको टुङ्गो लगाउने र स्थानीय तह उपनिर्वाचनको विषयमा रिपोर्टिङ मात्र भयो’, रातोपाटीसँग उनले भने ।
पूर्व जनमुक्ति सेनाका डेपुटी कमान्डर समेत रहेका पुन २०७२ सालमा उपराष्ट्रपति भएपछि पार्टी सदस्य परित्याग गरेका थिए । शेरचन २०७८ सालमा प्रदेश प्रमुख भएपछि पार्टीबाट अलग भएका थिए । फेरि पार्टीको सक्रिय राजनीतिमा फर्किनका लागि माओवादी अध्यक्ष प्रचण्डसँग नियमित सम्पर्कमा थिए । पुनः पार्टीका हरेक बैठकमा सहभागी हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत
-
एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ : ज्ञवाली
-
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ
-
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
-
राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ