नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाउनेबारे स्थायी समिति बैठकमा छलफल हुने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्षमा मनोनीत गर्ने विषय स्थायी समिति बैठकमा छलफल हुने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले पुनसहित लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने तयारी गरेको थियो । तर आजको बैठकमा स्थानीय तह उपनिर्वाचन समीक्षा र विद्यार्थी सङ्गठनको राष्ट्रिय सम्मेलनको विषयमा मात्र छलफल भएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘उपाध्यक्ष मनोनीत गर्नेबारे मङ्सिर २७ गते बस्ने स्थायी समिति बैठकमा छलफल हुन्छ । आजको बैठकमा स्थगित भएको विद्यार्थी सम्मेलनलाई प्रक्रियामा लैजाने, प्रतिनिधिको टुङ्गो लगाउने र स्थानीय तह उपनिर्वाचनको विषयमा रिपोर्टिङ मात्र भयो’, रातोपाटीसँग उनले भने ।
पूर्व जनमुक्ति सेनाका डेपुटी कमान्डर समेत रहेका पुन २०७२ सालमा उपराष्ट्रपति भएपछि पार्टी सदस्य परित्याग गरेका थिए । शेरचन २०७८ सालमा प्रदेश प्रमुख भएपछि पार्टीबाट अलग भएका थिए । फेरि पार्टीको सक्रिय राजनीतिमा फर्किनका लागि माओवादी अध्यक्ष प्रचण्डसँग नियमित सम्पर्कमा थिए । पुनः पार्टीका हरेक बैठकमा सहभागी हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण