प्रहरीद्वारा दक्षिण कोरियाका राष्ट्रपति युनमाथि छानविन
सोल । दक्षिण कोरियाको प्रहरीले राष्ट्रपति युन सुक–योलमाथि छानविन गर्न सुरु गरेको छ । मार्शल ल लागू गर्ने घोषणापछि प्रहरीले युनमाथि राजद्रोहको अभियोगमा छानबिन थालेको भन्दै बिहीबार वरिष्ठ प्रहरी अधिकारीले भनेका छन् । छानबिन शुरु भइसकेको राष्ट्रिय प्रहरी एजेन्सीको राष्ट्रिय अनुसन्धान मुख्यालयका प्रमुख वू जोङ्–सूले भनेका छन् ।
विपक्षी दलहरूले यूनसहित मंगलबार रातिको घटनाक्रमका लागि जिम्मेवार मुख्य व्यक्तिहरू विरुद्ध ऊजुरी दर्ता गरेलगत्तै अनुसन्धान सुरु भएको हो । राजद्रोेहको अपराधमा मृत्यु दण्डको व्यवस्था छ । यो अपराधमा राष्ट्रपतिले पनि माफी पाउदैनन् । शनिबार युनले अविश्वासको मतदानको सामना गर्दैछन् ।
मंगलबार राति मार्शल ल लागू गर्ने युनको निर्णयको विरुद्धमा बुधबार प्रतिपक्ष दलले उनीमाथि अविश्वासको प्रस्ताव पेस गरेको थियो । संसद्मा पेश भएको ७२ घन्टाभित्र मतदान भएन भने यो प्रस्ताव खारेज हुनेछ । तर यो प्रस्ताव खारेज भयो वा विपक्षमा मत आयो भने पनि नयाँ प्रस्ताव पेश गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण