३५ किलो गाँजासहित अटो नियन्त्रणमा
शुक्रबार, २१ मङ्सिर २०८१, ०८ : ५९
काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोबाट सशस्त्र प्रहरी बल, नेपाल विओपी साहेवगंजको चेकप्वाईन्ट टोलीले गाँजा फेला पारेपछि बिहीबार अटो नियन्त्रणमा लिएको हो । अटोरिक्साका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ अटो सोही ठाउँमा छाडी फरार भएका थिए ।
नियन्त्रणमा लिइएको अटो र गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र
-
समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
पार्टी र नेताहरूको आलोचनाका सवाल
-
भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी, १७ तस्बिरमा हेर्नुहोस्
-
पद थप्ने होमवर्कमा एमाले, विधान संशोधन गरेर वामदेवलाई वरिष्ठ उपाध्यक्ष !