पहिलो दिन भारतमा पुष्पा- २ को कमाई १७५ करोड बढी
दमस्कस । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ द रुल’ डिसेम्बर ५ मा रिलिज भएको छ । सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।
फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो । पोष्ट–प्रडक्शनमा ढिलाईका कारण थ्री–डीमा फिल्म रिलिज गर्ने योजना रद्द गरिए पनि स्क्रिनिङहरू टूडी र ४ डीएक्समा फिल्म रिलिज भएको थियो । स्पेशल स्क्रिनिङमा १० करोड १० लाख भारु कमाएको फिल्मले भारतीय बक्स अफिसमा १६५ करोड भारुको ओपनिङ गरेको छ । योसँगै पहिलो दिन फिल्मको कुल कलेक्शन भारतमा १७५ करोड १० लाख भारु भएको छ ।
फिल्मले तेलुगुमा ९५ करोड १० लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलायालममा ५ करोड भारु कमाएको छ । पुष्पा २ः द रुलले रामचरण र जुनियर एनटीआरको आरआरआर फष्र्ट कलेक्शनमा निकै पछाडि छाडेको छ । आरआरआरले पहिलो दिन १३३ करोड कमाएको थियो । फिल्मको कमाई सप्ताहन्तमा थप उकालो लाग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वत केन्द्रबिन्दु भएर भूकम्प
-
कोशी मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन
-
क्रान्तिको विरासत सम्हाल्न तयार हुँदै नयाँ पुस्ता
-
अखिल क्रान्तिकारीको निर्वाचन : सापकोटालाई समर्थन गर्दै योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी
-
राजनीति आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
-
उपेन्द्र यादव सत्ता पक्ष कि विपक्षमा ?