ब्रोकर एसोसिएसन निर्वाचन
ब्रोकर एसोसिएसनको अध्यक्षका लागि सागर र राजकुमार भिड्दै
शुक्रबार, २१ मङ्सिर २०८१, १२ : ५२
काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि सागर ढकाल र राजकुमार तिमल्सिना भिड्ने भएका छन् । नयाँ नेतृत्वका लागि १२ बजेसम्म तय गरिएको अवधिमा दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
एसोसिएसनको निर्वाचनका लागि नियुक्त भएका प्रमुख निर्वाचन अधिकृत वासु रिजालका अनुसार महासचिवमा भक्तिराम घिमिरे र गोविन्द शर्मा गैरेले उम्मेदवारी दर्ता गराएका छन् । प्रत्येक पदका लागि दोब्बर उम्मेदवारले मनोनयन दर्ता गराएको रिजालले जानकारी दिए ।
निर्वाचनका लागि साढे १२ बजेसम्म दाबी विरोधको समय छुट्ट्याइएकोमा कसैमाथि दाबी विरोध नपरेको उनले बताए । त्यस्तै, उम्मेदवारहरूले एक बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सो अवधिमा उम्मेदवारी फिर्ता नलिए अन्तिम सूची सार्वजनिक गरी निर्वाचन थालिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण