ब्रोकर एसोसिएसन निर्वाचन
ब्रोकर एसोसिएसनको अध्यक्षका लागि सागर र राजकुमार भिड्दै
शुक्रबार, २१ मङ्सिर २०८१, १२ : ५२
काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि सागर ढकाल र राजकुमार तिमल्सिना भिड्ने भएका छन् । नयाँ नेतृत्वका लागि १२ बजेसम्म तय गरिएको अवधिमा दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
एसोसिएसनको निर्वाचनका लागि नियुक्त भएका प्रमुख निर्वाचन अधिकृत वासु रिजालका अनुसार महासचिवमा भक्तिराम घिमिरे र गोविन्द शर्मा गैरेले उम्मेदवारी दर्ता गराएका छन् । प्रत्येक पदका लागि दोब्बर उम्मेदवारले मनोनयन दर्ता गराएको रिजालले जानकारी दिए ।
निर्वाचनका लागि साढे १२ बजेसम्म दाबी विरोधको समय छुट्ट्याइएकोमा कसैमाथि दाबी विरोध नपरेको उनले बताए । त्यस्तै, उम्मेदवारहरूले एक बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सो अवधिमा उम्मेदवारी फिर्ता नलिए अन्तिम सूची सार्वजनिक गरी निर्वाचन थालिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म