पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबिच खेलिँदैछ । पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबिचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १३ः०० बजे सुरु हुनेछ । उक्त खेलमा लुम्बिनी लायन्सले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
जारी एनपीएलमा पोखर्रा एभेन्जर्सले आफ्नो तेस्रो र लुम्बिनी लायन्सले दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोलीले हालसम्म एक खेल पनि जित्न सकेका छैनन् । त्यसैले शुक्रबारको खेलमा यी दुबै टोली पहिलो जितको खोजीमा रहने छन् ।
पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सको टोली जनकपुर बोल्ट्ससँग सात विकेटले हारेको थियो । लुम्बिनी लायन्स भने आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटले पराजित भएको थियो ।
राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी कुशल भुर्तेल पोखरा एभेन्जर्सका कप्तान हुन् । टोलीका मार्की खेलाडी पनि उनी नै हुन् । लुम्बिनी लायन्सका कप्तान भने रोहितकुमार पौडेल हुन् । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित लुम्बिनी लायन्सका मार्की खेलाडी पनि हुन् ।
जारी एनपीएलमा खेल्न लागिएको यो ११औँ खेल हो । तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको सुदूरपश्चिम रोयल्स भने चार अंकसहित दोस्रो स्थानमा छ । तीन खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो स्थानमा छ ।
तीन खेल खेलेको कर्णाली याक्स दुई अंकसहित चौथो स्थानमा छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित पाँचौँ स्थानमा छ । तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । एक खेल खेलेको लुम्बिनी यालन्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अंक बटुल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण