पत्रकार महासङ्घमा चौतारी र युनियनबिच भागबन्डा
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आगामी २८ गते हुने महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबिच भागबन्डा भएको छ ।
गएराति चौतारी र युनियनका नेताहरूबिच भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ ।
त्यसैगरी जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको प्रेस चौतारीका उपाध्यक्ष राजेश राईले जानकारी दिए ।
उनका अनुसार चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ ।
प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ । महाधिवेशनका लागि शुक्रवार मनोनयन दर्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण