आइतबार, १३ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतविरुद्धको टेस्ट क्रिकेटमा अस्ट्रेलियाका खेलाडी किन कालो पट्टी बाँधेर खेल्दैछन् ?

शुक्रबार, २१ मङ्सिर २०८१, १५ : ३५
शुक्रबार, २१ मङ्सिर २०८१

एडिलेड । अस्ट्रेलियाको एडिलेडमा भारत र अस्ट्रेलियाबिच दोस्रो टेस्ट म्याच जारी छ । शुक्रबार टेस्ट म्याचको पहिलो दिन अस्ट्रेलियाका खेलाडीहरू पाखुरामा कालो पट्टी बाँधेर मैदानमा उत्रिएका छन् ।

cricket5

सामान्यतया विरोध प्रदर्शनका क्रममा पाखुरामा कालो पट्टी बाँध्ने गरिन्छ । अस्ट्रेलियाका खेलाडीहरूले विरोधका लागि नभएर आफ्ना पूर्वक्रिकेटरद्वय फिलिप ह्युज र इयान रेडपेथप्रति श्रद्धाञ्जली अर्पण गर्न कालो पट्टी बाँधेर खेलेका हुन् ।

cricket2

अस्ट्रेलियाका पूर्वक्रिकेटर फिलिप ‘ओपनिङ ब्याट्सम्यान’ थिए । सन् २०१४ मा शेफील्ड शिल्ड म्याचका क्रममा टाउकोमा बल लागेर उनको मृत्यु भएको थियो ।

cricket1

फिलिपको दशौँ स्मृति दिवसको अवसर पारेर अस्ट्रेलियाका खेलाडीले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न कालो पट्टी बाँधेर खेलेका हुन् ।

cricket4

यस्तै, अर्का क्रिकेटर इयानको यसै महिनाको सुरुमा निधन भएको थियो । उनी पनि अस्ट्रेलियाको ‘ओपनिङ ब्याट्सम्यान’ थिए ।

cricket3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप