भारतविरुद्धको टेस्ट क्रिकेटमा अस्ट्रेलियाका खेलाडी किन कालो पट्टी बाँधेर खेल्दैछन् ?
एडिलेड । अस्ट्रेलियाको एडिलेडमा भारत र अस्ट्रेलियाबिच दोस्रो टेस्ट म्याच जारी छ । शुक्रबार टेस्ट म्याचको पहिलो दिन अस्ट्रेलियाका खेलाडीहरू पाखुरामा कालो पट्टी बाँधेर मैदानमा उत्रिएका छन् ।

सामान्यतया विरोध प्रदर्शनका क्रममा पाखुरामा कालो पट्टी बाँध्ने गरिन्छ । अस्ट्रेलियाका खेलाडीहरूले विरोधका लागि नभएर आफ्ना पूर्वक्रिकेटरद्वय फिलिप ह्युज र इयान रेडपेथप्रति श्रद्धाञ्जली अर्पण गर्न कालो पट्टी बाँधेर खेलेका हुन् ।

अस्ट्रेलियाका पूर्वक्रिकेटर फिलिप ‘ओपनिङ ब्याट्सम्यान’ थिए । सन् २०१४ मा शेफील्ड शिल्ड म्याचका क्रममा टाउकोमा बल लागेर उनको मृत्यु भएको थियो ।

फिलिपको दशौँ स्मृति दिवसको अवसर पारेर अस्ट्रेलियाका खेलाडीले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न कालो पट्टी बाँधेर खेलेका हुन् ।

यस्तै, अर्का क्रिकेटर इयानको यसै महिनाको सुरुमा निधन भएको थियो । उनी पनि अस्ट्रेलियाको ‘ओपनिङ ब्याट्सम्यान’ थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण