विशाल बजार एक्लैले २९ अंक बढाइदिँदा पनि घट्यो साताको सेयर बजार
काठमाडौँ । साताको सेयर बजार नकारात्मक देखिएको छ । एक साताको अवधिमा सेयर बजार १३.१२ अंकले घटेको छ, जुन ०.५० प्रतिशत हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछिको पहिलो सातामा सेयर बजार नकारात्मक देखिएको हो ।
मौद्रिक नीतिपछि खुलेको सेयर बजार पहिलो दिन अर्थात् आइतबार ९.९९ अंकले घटेको थियो । सोमबार र मंगलबार सेयर बजारले सकारात्मक भएको थियो । दुई दिनमा बजार परिसूचक क्रमशः १९.९७ र १७.८० अंकले बढेको थियो । बुधबार र बिहीबार भने सेयर बजारले फेरि करेक्सनकै बाटो लियो । यी दुई दिनमा बजारले क्रमशः २४.९७ र १५.९३ अंकले घट्दा समग्र बजारमा गिरावट आएको थियो ।
यो साता सेयर बजारमा विशाल बजार कम्पनीले मात्रै झन्डै २९.४९ अंकको योगदान गरेको देखिन्छ । अघिल्लो सातादेखि नै बढ्न थालेको विशाल बजार कम्पनीको मूल्य गत बिहीबार ५ हजार ४४५ रुपैयाँ थियो । यो साताको बिहीबारसम्म आइपुग्दा मूल्य बढेर ६ हजार ६३० रुपैयाँ पुगेको छ । यो १ हजार १८५ रुपैयाँ बराबरको वृद्धि हो । अहिले उक्त कम्पनीको ४ करोड १ लाख कित्ता सेयर सूचीकृत छ । यो आधारमा हेर्दा एक सातामा यो कम्पनीको पुँजीकरण मात्रै ४७ अर्ब ५१ करोड रुपैयाँ बराबरको हो ।
अघिल्लो साताको बजार पुँजीकरण र बजार परिसूचकलाई आधार मान्ने हो भने विशाल बजारको यो वृद्धिले मात्रै समग्र बजार २९.४९ अंक बराबर बढ्ने देखिएको हो । विशाल बजार कम्पनीको सेयरमा पछिल्लो समय अस्वाभाविक चलखेल भएको बजारमा विश्लेषण हुँदै आएको छ । ९८ प्रतिशत भन्दा धेरै सेयर प्रोमोटर रहेका कारण थोरै पब्लिक सेयरलाई कर्नरिङ गरेर मूल्य बढाउने काम भएको भन्दै धितोपत्र बोर्डले समेत यसमा ध्यानाकर्षण गरिसकेको छ ।
यदि यो कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढेको थिएन भने बजार करिब ४२ अंकले नकारात्मक हुने अवस्था थियो । अहिले सेयर बजारको कुल बजार पुँजीकरण ४५ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।
यो साता बजारको कारोबार रकम भने झन्डै १५ प्रतिशतले बढेको छ । अघिल्लो साता झन्डै ३८ अर्ब ८९ करोड रहेको सेयर बजारको कारोबार यो साता बढेर ४४ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण