चुनाव र चीन भ्रमणको समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरेको छ । स्थानीय तह उपनिर्वाचन, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायतका विषयमा समीक्षा गर्न एमालेले बैठक बोलाउन लागेको हो ।
मङ्सिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भैसकेको छ । कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगर वडा नम्बर १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने आन्तरिक विश्लेषण गरे पनि एमालेको उक्त विश्लेषण फेल भएको छ । कीर्तिपुरसहितका स्थानमा पराजित भएपछि निर्वाचन परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन् ।
एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले दुई तीन दिनभित्रै बस्ने गरी बैठक बोलाउने तयारी भएको बताए । ‘ठ्याक्कै मिति तोकिएको छैन, तर एक दुई दिनभित्र बैठक बोलाउने तयारी छ’, अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु