ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित, अरू को को ?
काठमाडौँ । नेपाल स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा प्रतिद्वन्द्वी राजकुमार तिमल्सिनालाई हराएका हुन् । ढकालले ४५ मत पाउँदा तिमल्सिनाले ४३ मत पाएको प्रमुख निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिए ।
एसोसिएसनको उपाध्यक्षमा निकेश कुमार अग्रवाल ५३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले ३४ मत पाएका छन् । त्यस्तै, महासचिवमा भक्तिराम घिमिरे ४८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द शर्मा गैरेले ३८ मत प्राप्त गरे ।
सचिवमा विनय रेग्मीले ५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण गिरीले ३५ मत ल्याएका छन् । कोषाध्यक्षमा मदन पौडेल ४६ मतसहित विजयी भएका छन् । अर्का प्रतिस्पर्धी अनिश अर्याल ४२ मत प्राप्त गरे ।
सदस्यहरूमा चारजनामध्ये जेलिना कँडेल ६८ मत, विशाल कुमार अग्रवाल ६४, जयन्त श्रीवास्तव ५५ प्रियान्सु अग्रवालको ४८ मतसहित विजयी भएको प्रमुख निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण