सेल्टा भिगोले गर्यो हार सुधार, मलोर्कालाई रेड कार्डले डुबायो
शनिबार, २२ मङ्सिर २०८१, ०४ : १५
काठमाडौं । स्पेनिस ला लिगामा सेल्टा भिगोले हार सुधार गरेको छ । यो सिजन हालसम्म ७ खेल गुमाएको सेल्टा भिगोले घरेलु मैदानको फाइदा उठाउँदै मलोर्काविरुद्ध २-० को सहज जित निकालेको हो ।
पहिलो हाफमा गोल खाएपछि दबाबमा आएको मलोर्का दोस्रो हाफमा १० खेलाडीमा सिमित भएपछि सेल्टाले अर्को गोल थप्यो । सेल्टालाई जिताउन ह्यूगो अल्वारेज र इयोगो एसपासले गोल गरे । ७८औं मिनेटमा पाहुना टोली मलोर्काका एन्थोनी रेलोले रातो कार्ड पाएपछि सेल्टालाई अर्को गोल थप्न सहज भएको हो ।
यो जितसँगै सेल्टाले हार सुधार गर्दै अंक तालिकाको १०औं स्थानमा उक्लिएको छ भने मलोर्का हारेर पनि छैठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण