नेपाल र भारतसहित मिलेर गरेको डिसेम्बर २१ लाई विश्व ध्यान दिवस मनाउने प्रस्ताव पारित
न्युयोर्क । डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गर्न अनुरोध गरिएको प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको छ । यो प्रस्तावलाई नेपाल र भारतसहितका राष्ट्रहरूद्वारा सहप्रायोजित गरिएको थियो ।
योसँगै अब डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाइने भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार १९३ सदस्यीय संयुक्त राष्ट्र संघको महासभामा ‘विश्व ध्यान दिवस’ शीर्षकको प्रस्ताव शुक्रबार सर्वसम्मतिले पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नेमा भारत, श्रीलंका, नेपाल, मेक्सिको, लिकटेन्स्टाइन र एन्डोरा कोर समूहका प्रमुख सदस्य थिए।
संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरीशले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे, ‘भारतले कोर समूहका अन्य देशहरूसँग मिलेर संयुक्त राष्ट्र महासभामा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषित गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गर्ने प्रक्रियालाई मार्गदर्शन गरेकोमा खुसी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण