हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग गठनबारे कानुनी प्रक्रिया अगाडि बढेको छ: मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिएका हुन् ।
पछिल्लो समय तथ्य र तथ्याङ्क भन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानुनी प्रक्रिया अगाडि बढेको बताए। मन्त्री पाण्डेले यो आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।
नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबिच सहकार्य गर्न सके पनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ । यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ’दिगो भविष्य: आगामी ८० वर्षको लागि सँगै’ भन्ने रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण