बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय
स्वर्णलक्ष्मी सहकारी घोटाला

विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

आइतबार, २३ मङ्सिर २०८१, १० : ४९
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पनि पक्राउ पुर्जी आएको छ । उनकी पत्नी सविना आले मगरलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका पुत्र समेत रहेका दीपेश माओवादी (केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन् । सविना कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ । दीपेश पुनः पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप