रवि र निकिताको २१ करोडको बैंकिङ कारोबार, स्रोत खोज्दै प्रहरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण प्रहरीले संकलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको लागि प्रहरीले उनीहरुले बैंक खाताको विवरण संकलन गरेको हो ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्न भन्दै अदालतबाट म्याद लिएर थुनामा राखेको छ ।
प्रहरीका एकजना उच्च अधिकृतका अनुसार रवि र निकिताले करिब २१ करोड बराबरको रकम बैंक मार्फत कारोबार गरेको फेला परेको छ । रविले ग्लोबल आइएमी बैंकमार्फत ८ करोड २६ लाख ९९ हजार र सिद्धार्थ बैंकमा २ करोड १० लाखको कारोबार गरेका हुन् ।
निकिता पौडेलले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक मार्फत कारोबार गरेको भेटिएको छ । सो रकम उनीहरुले २०१२ भन्दा पछि कारोबार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पोखरा र केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनीहरूको सम्पत्तिको स्रोत खोजीरहेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘करिब २१ करोड रकमको स्रोत खोज्दै छौँ ।’
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आरोपीको एकाघरका परिवारको सम्पत्तिबारे अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण