बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

लोअर इर्खुवा हाइड्रोको आईपीओ प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

आइतबार, २३ मङ्सिर २०८१, १४ : ३५
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनीबिच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्श्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् । 

इर्खुवा हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप