वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले घोषणा गर्यो ११७ सदस्यीय नयाँ केन्द्रीय समिति
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ११७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा संयोजक मोहन वैद्य किरणले नयाँ केन्द्रीय समिति घोषणा गरेका हुन् ।
हलले दुई अङ्क अर्थात् ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय विपरीत उनले केन्द्रीय समिति विस्तार गरेका हुन् । तीन अङ्कको केन्द्रीय समिति बनेपछि हलमा विरोध भएको एक सदस्यले जानकारी दिए । तर विरोधको बचाउ गर्दै सबै पक्षलाई समेट्दा दुई अङ्कमा समेट्न नसकिएको वैद्यले जवाफ दिएको ती सदस्यले बताए ।
केन्द्रीय समिति गठन भएसँगै महासचिवमा वैद्यलाई चयन गर्न लागिएको उनले जानकारी दिए । यस्तै वैद्यले ९५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८० जनाको नाम घोषणा गरेका छन् ।
यस्तो छ केन्द्रीय समितिमा रहने सदस्यहरूको सातबुँदे मापदण्ड
बन्दसत्रले केन्द्रीय समितिमा रहेका सदस्यहरूका लागि सात बुँदे मापदण्ड बनाइएको अर्का एक सदस्यले जानकारी दिए । ती सदस्यले दिएको जानकारी अनुसार मापदण्डमा वरिष्ठता, निरन्तरता, वैचारिक राजनीतिक प्रष्टता, क्रियाशीलता, पूर्णकालीन, पार्टीमा प्रवेश गरेको १० वर्ष पुगेको, पार्टीले खटाएको ठाउँमा जानसक्ने गरी ६ महिनाको अवधि राखेर लेखाजोखा गरिने भनिएको छ ।
यसैगरी हलको म्यान्डेट विपरीत केन्द्रीय परिषद्लाई राखिएको छ । २० वटा समूहमा समूहगत छलफल हुँदा केन्द्रीय परिषद् आवश्यक नभएको सुझाव दिएका थिए । परिषदमा पनि पूर्ण, वैकल्पिक, आयोजक समितिका सदस्य रहने, जिल्लाका सचिव निवर्तमान महत्त्वपूर्ण केही व्यक्ति रहने ती सदस्यले बताए । परिषदमा समग्रबाट १५ प्रतिशत मनोनीत गर्ने व्यवस्था पनि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण