मेरिटोक्रेसीका नाममा भीसी बरालले भद्दा नाटक गरे : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयका भीसी केशरजंग बरालले मेरिटोक्रेसीका नाममा भद्दा नाटक गरिरहेको बताएका छन् ।
महासचिव पोखरेलले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरेपनि माओवादीले आफू निकट व्यक्तिलाई भीसी बनाउने गरी प्रकृया अघि बढाएको दाबी गरेका छन् ।
‘सोही अनुसार माओवादी निकटका चित्रवहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजना अनुरूप २ नम्बरमा रहेका बराल भीसी बनाइए’, महासचिव पोखरेलले भनेका छन्, ‘सोही समयमा पूर्वाञ्चल विश्वविद्यालयमा पनि भीसी बनाइयो । त्यहाँ पनि सोही अनुसारको प्रक्रियाबाट सत्ता निकट व्यक्ति भीसी चुनिए । अनि त्यस चयनलाई पनि भनियो मेरिटोक्रेसी ।’
उनले यतिवेला पनि त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीका नाममा सोही समयको तत्कालीन सत्ता गठबन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लीन रहेको र
मेरिट्रोकेसीको जामा लगाई दिएको बताएका छन् ।
‘अनि त्यही नाटकलाई उनी निकटका माओवादी समर्थकहरू धुवाधार रूपमा पक्षपोषण र प्रशंसा गरिरहेका छन्’, महासचिव पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले साँच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिँड्न चाहेको भए छनौट कमिटीमा कुनै चासो वा हस्तक्षेप गर्नतिर लाग्न नहुने बताएका छन् ।
‘प्राज्ञिक नेतृत्व जिम्मेवारीमा रहेका रेक्टरलाई छनौटको नेतृत्व दिन सक्थे वा प्राज्ञहरूको रोष्टर तयार गरेर लट्रिका आधारमा छनौट समितिका सदस्य चयन गर्न सक्दथे । तर उनले त्यो दुवै काम गरेनन् । आफूले चाहेको व्यक्ति छनौट हुनेगरी छनौट समिति गठन गरे । सोही अनुसार छनौटका मापदण्ड तयार गर्न लगाए’, पोखरेलले विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् ।
उनले बरालको यस्तो क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने नभई झन् धराशायी हुने भन्दै मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक बन्द गर्न भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण