दुर्गा प्रसाईंलाई सीआईबीले लियो बयान
सोमबार, २४ मङ्सिर २०८१, १५ : ४८
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो ।
सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको हो । यही प्रकरणमा झापाका हरिचन्द्र फुयललाई पक्राउ परेका थिए भने यसबारे दुर्गाको संलग्नता खुलेपछि यसअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
बयानका क्रममा फुयलले विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले दुर्गाबाट ५ लाख लिएको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । यसबारे केन्द्रित रहेर सीआईबीले प्रसाईंसँग पनि बयान लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण