दुर्गा प्रसाईंलाई सीआईबीले लियो बयान
सोमबार, २४ मङ्सिर २०८१, १५ : ४८
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो ।
सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको हो । यही प्रकरणमा झापाका हरिचन्द्र फुयललाई पक्राउ परेका थिए भने यसबारे दुर्गाको संलग्नता खुलेपछि यसअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
बयानका क्रममा फुयलले विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले दुर्गाबाट ५ लाख लिएको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । यसबारे केन्द्रित रहेर सीआईबीले प्रसाईंसँग पनि बयान लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता