गोलिया काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु
काठमाडौं । गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमामाई मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा मिलनको घटनास्थलमै मृत्यु भएको हो ।
रूख ढल्ने क्रममा गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी-२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए ।
रूखले किचेर दमाईंको मृत्यु भएको खबर स्थानीयले दिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
खार्पास्थित भडाँरेमा एक हप्ता दिनअघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट स्थानीयको निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के युक्रेनमा सम्भव छ कोरियाजस्तो युद्धविराम ?
-
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
-
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री पौडेल
-
बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)
-
वैदेशिक रोजगार विभागका महानिर्देशकका पाँच महिना : ७५ प्रतिशत बढीलाई क्षतिपूर्ति, बिचौलियालाई रोक